देश/प्रदेश

सुनको रिङ र नगद लोभमा आमाको हत्या, छोरा प्रकाउ

Banner

काठमाडौं, कात्तिक २०-

काभ्रेमा रोशी गाउँपालिकामा आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। आमाको हत्या गरेको आरोपमा प्रहले २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो। उनले ६९ वर्षीया आमा माइली लामालाई सुनको रिङ र नगदको लोभले सिलौटोले हानेर हत्या गरेका थिए ।

माइली कात्तिक १६ गते अपराह्न सवा ४ बजे आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन्। उनी मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्‍ला प्रहरी कार्यालय काभ्रेबाट टोली खटिएर अनुसन्धान अघि बढाएको थियो। तालिम प्राप्त कुकुर पनि खटाएर अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसारअचेत बनेकी आमालाई पुनः आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ। घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>