देश/प्रदेश

छठका पाँच सय विपन्न बर्तालुलाई साडी प्रदान

Banner
सिरहा, कात्तिक २० –
गोलबजार नगरपालिका–१२ का समाजसेवी सुबोध सिंहले छठका पाँच सय विपन्न महिला बर्तालुलाई साडी प्रदान गर्नुभएको छ ।
छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलालाई सहयोग गरेको उहाँले बताउनुभयो ।
बेतौता मठका महन्थ लक्ष्मण दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनता माध्यमिक विद्यालय गोलबजारका पूर्वप्रधानाध्यापक रशिक विहारी पाल, वडाअध्यक्ष गणेश मुखिया, विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको उपस्थिति थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>