अन्तर्राष्ट्रिय

मुम्बईको बान्द्रामा रेल्वे स्टेसनमा भागदौड हुँदा ९ यात्री घाइते

Banner

नयाँ दिल्ली, कात्तिक ११-

मुम्बईको बान्द्रा रेलवे स्टेसनको टर्मिनसमा आइतबार बिहान भागदौड हुँदा ९ जना यात्री घाइते भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

टर्मिनसको ९ को प्लेटफर्म नम्बर एकमा भागिदौड भएको थियो । घटना बिहान ६ बजेको भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चाडपर्वमा घर जान रेलवे स्टेसनमा ठुलो भीड थियो । राति करिब २ बजे देखि नै बान्द्रा–गोरखपुर एक्सप्रेस रेल बान्द्रा रेलवे स्टेसनमा मान्छेको चहलपहल सुरु भएको थियो ।

रेलभित्र चढ्न मानिसहरूले धक्कामुक्की सुरु गरे । त्यहाँ उपस्थित प्रहरीले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरेपनि स्थिति नियन्त्रण बाहिर गएको अनि भागिदौड मच्चिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>