देश/प्रदेश

बाढीले ल्याएको फोहोर सफाइ अभियानमा ललितपुर महानगरपालिका

Banner

ललितपुर, कात्तिक १०-

बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर ललितपुर महानगरपालिकाले सफा गरेको छ । असोज ११ र १२ गते आएको बाढीका कारण बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर आजदेखि महानगरपालिकाले सफा गर्न सुरु गरेको हो ।

बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।महानगर अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>