देश/प्रदेश

काठमाडौँको वायुको गुणस्तर बिग्रँदो क्रममा

Banner

काठमाडौँ, कात्तिक ५-

काठमाडौँको वायुको गुणस्तर बिग्रँदो क्रममा रहेको छ। आज (सोमबार) मापन भएको वायुको गुणस्तर सूचकाङ्क अनुसार नेपाल काठमाडौँ आठौँ प्रदूषित सहरको रूपमा परेको हो । बिहान ९ बजेको मापन अनुसार काठमाडौँको वायुको गुणस्तर १४८ रहेको थियो ।

यस्तै आजै भारतको राजधानी दिल्लीमा पनि फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड भएको छ। राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो। जुन खराब को श्रेणीमा पर्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३ सय माथि थियो, जुन धेरै खराब श्रेणीमा पर्दछ। आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क ३५० भन्दा माथि रेकर्ड गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>