बाढि पहिरो

महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड आज रातभरि बन्द रहने

Banner

काठमाडौं, असोज १५-

महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

बर्दघाट नगरपालिका(४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ ।

साथै करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो ।

सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । तस्बिरः रासस

हेर्नुहोस् सूचनाः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>