चितवन विशेष

नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध, देवघाटमा १०० जनाको उद्धार

Banner

चितवन, असोज १२-

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नौ किलो भन्ने स्थानमा सडक दुई फित तल भासिएकाले सडक तत्काल सूचारु हुने सम्भावना न्युन छ । सडक भासिएको ठाउँमा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको छ ।

पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो दुई वटा स्काभेटरले पन्छाउन थालेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

त्यस्तै, नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१ देवघाट स्थितमा रहेको जय भोले कुटी (थारु कुटी) र अखण्ड धर्मशाला डुबानमा परेका छन् । कुटी र धर्मशालामा बस्ने १०० जनालाई उद्धार गरी मारवाडी समाजको भवनमा राखिएको छ ।

भरतपुर–२५ सखुवानी बस्ने राजेन्द्र महतोले सञ्चालन गरेको शिव फर्निचरमा बेथरी खोलाको बाढी पसेको प्रजिअ यादवले बताए । बाढीले काठ, मुढा लगायतका फर्निचर बगाएको छ भने मानवीय क्षति नभएको उनले बताए । प्रहरी र स्थानीयहरु उद्धारमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>