राजनीति

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल र सांस्कृतिक क्षेत्रको भूमिका महत्त्वपूर्णः अध्यक्ष दाहाल

Banner

काठमाडौँ, असोज ९
पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न खेल र सांस्कृतिक क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

अखिल नेपाल चेस एशोसियसनको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई आफूले उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

“मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु”– पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “खेलकुद राष्ट्रियता प्रवर्द्धन, विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजान माध्यम हो ।”

आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारका रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरेको र त्यसमा सरकारका तर्फबाट सहयोग गरेको उहाँले स्मरण गराउनुभयो । खेल र संस्कृति यी दुवै क्षेत्र राष्ट्रियता प्रवर्द्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्त्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो ।

खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो । जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताले खाली समय व्यतित गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले अहिले चेसको विकास गर्ने अभियानमा पूर्वजनमुक्ति सेनाको नेतृत्वदायी भूमिका रहेको देख्दा खुसी लागेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>