राजनीति

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

Banner

काठमाडौँ, असोज ९-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ। साइबर ब्यूरोका अनुसार काठमाडौं जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न स्वीकृति दिएको हो।

बुधबार प्रसाईंलाई अदालतमा पेश गरिएको थियो। न्यायाधीश श्यामविहारी मौर्यले पाँच दिनको म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। यसअघि प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा मात्र तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोपमा जाहेरी परेको छ। एक महिलाले साइबर ब्यूरोमा प्रसाईंले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि प्रहरी अनुसन्धान अघि बढाएको हो। यसैबीच, प्रसाईंका छोरा निराजनले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले म‌ंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको छ। अदालतले प्रसाईंलाई नछाड्ने निर्णय गर्दै १५ दिनभित्र जवाफ मागेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>