राजनीति

रवि लामिछानेले अनुसन्धान प्रभावित गर्न खोजेः शंकर पोखरेल

Banner

काठमाडौं, असोज ९-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिनचिट पाएको भन्नु अनुचित रहेको बताएका छन् । लामिछानेले अनुसन्धान प्रभावित गर्न खोजेको समेत पोखरेलले आरोप लगाएका छन् ।

बुधवार बिहान कैलालीको धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले सहकारी ठगीमा क्लिनचिट पाए भन्ने लामिछानेको दाबी झुटो भएको बताएका हुन् ।

‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ’ उनले भने, ‘त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिनचिट प्राप्त हुँदैन ।’

पोखरेलले सहकारीको रकम ल्याएर मिडियामा दुरूपयोग गर्ने कुरालाई कुनै पनि अर्थमा उचित मान्न नसकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>