राजनीति

हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै सार्वजनिक गर्दिन

Banner

काठमाडौँ, असोज ९-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले मङ्गलवारको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीमा खण्डन गरेपछि प्रतिक्रिया दिएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ’नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।

त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>