राजनीति

उपचुनावका लागि दल दर्ता आह्वान

Banner

काठमाडौँ, असोज ९-

निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलि (१०) गतेदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको जनाएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपचुनाव आउँदो मङ्सिर १६ मा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>