राजनीति

कांग्रेस सभापति देउवा वीरगन्जमा

Banner

वीरगन्ज, असोज ८-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्नेछन् ।

पर्सा कांग्रेसका अनुसार औपचारिक कार्यक्रममा सभापति देउवाले मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यतालिका छ ।

पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

उनका अनुसार त्यसपछि आज साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । त्यसपछि बुधबार पार्टी सभापति देउवा महानगरको कार्यक्रम तथा भेटघाट कार्यक्रममा व्यस्त हुनेछन् । यसबाहेक उनले वीरगन्ज महानगर वडा नम्बर २४ मा आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

उक्त कार्यक्रम सकेपश्चात उनले प्रदेशका ८ वटै जिल्ला सभापति तथा उच्च तहका नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रदेश कांग्रेस समितिले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>