राजनीति
शैक्षिक योग्यता पेश नगरेपछि राजदूतमा भट्टराईको सिफारिस अस्वीकृत
०

काठमाडौँ, असोज ७-
सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेका रामकृष्ण भट्टराईलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरेको छ । बारम्बार पत्राचार गर्दा पनि सिफारिस भएका व्यक्ति र परराष्ट्र मन्त्रालयबाट भट्टराईले स्नातक तहसम्म अध्ययन गरेको प्रमाणपत्र पेस नगरेपछि समिति अस्वीकृत गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा कुनै पनि मुलुकको राजदूत बन्नका लागि स्नातक तहसम्म अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ३ (छ) मा राजदूत सिफारिसको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । जसमा राजदूत पदमा सिफारिस हुने व्यक्तिको लागि शैक्षिक योग्यता ुनेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेकोु भन्ने उल्लेख छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























