राजनीति

‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’

Banner

सिन्धुली, असोज ७-

नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने बताउनुभयो ।

भन्नुभयो, “अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ । एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ ।”

एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उहाँको भनाइ थियो ।

यसैबीच उहाँले नेपालमा कांग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । अफ्ट्यारो र सङ्कटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिष्पर्धा हुने गरेको विचार व्यक्तगर्नुभयो ।

‘अहिले सङ्कट टार्न र मुलुकको परिस्थिती थप नविग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर अहिलेको समीकरण बनेको हो”, नेता पोखरेलले भन्नुभयो, “अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौँ भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौँ । यो हाम्रो क्लिएर धारणा छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>