राजनीति

चीन भ्रमणमा रहेका रास्वपाका नेता आज स्वदेश फर्किँदै

Banner

काठमाडौं, असोज ७-

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेसहित सांसद तथा नेता आज स्वदेश फर्किँदैछन्।

कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, तपेश्वर यादव र प्रकाश विष्टलगायत फर्किन लागेका हुन्।

सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई आइतबार फिर्ता बोलाएको थियो। सभापति लामिछानेसमेत पक्राउ पर्ने हल्लाले तरंगित बनेको रास्वपाले आइतबार बेलुकी नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो।

चिनिया पक्षबाट औपचारिक रूपले आएको पहिलो निम्तो मान्न रास्वपाका ७ सांसद र ७ नेता गएका थिए। १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>