राजनीति
रविले कार्यकर्तालाई भने ‘सरकारले जे पनि गर्छ तयार भएर बस्नुहोस्’

काठमाडौं, असोज ६-
सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए । उनले सरकारले जे पनि गर्न सक्ने भन्दै तयार भएर बस्न कार्यकतालाई अपितल समेत गरेका छन् ।
‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने ।
लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे । ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भने ।
उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ रु लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’ उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए ।
























