राजनीति

रवि लामिछानलाई पक्राउ गर्नबाट आज प्रहरी पछि हट्यो, चाँडै पक्राउ गर्ने तयारी

Banner

काठमाडौं, असोज ६-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने बताएको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो । प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>