चितवन विशेष

प्रथम युवासंघ कप फुटबलः सिल्भर क्लबद्धारा झरना क्लब पराजित

Banner

चितवन,असोज ६-

चितवनको कालिका नगरपालिकामा जारी प्रथम युवा संघ नेपाल कप खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सिल्भर फुटबल क्लब गैडाकोटले झरना फुटबल क्लब कालिका ८ लाई पराजित गरेको छ । कालिका ७ सगुन विकास समाजको खेल मैदानमा भएको खेलमा सिल्भरले झरनालाई ४ (० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको युवा संघ नेपाल कालिका ७ का अध्यक्ष रुपेस सुनारले अध्यक्षता ग्रहण गरेका थिए । १२ टिम सहभागी खेलमा आइतबार प्रमुख अतिथि युवा संघ चितवनका सहसचिव पूर्ण महतो निशान रहेका थिए । उनले युवासंघ सधै युवाहरुलाई अगाडि बढाउने उदेश्यले कार्यक्रम आयोजना गर्ने गरेको भन्दै रचनात्मक काममा युवाहरुलाई जोड्दै जाने बताए ।

प्रतियोगितालाई आगामी बर्षपनि निरन्तरता दिँदै जाने राष्ट्रिय युवा संघ कालिका नगर अध्यक्ष जिवन थापा मगरले बताए । भोलि लामा स्पोर्टस क्लब राप्ती र न्यु स्टार क्लब कालिका ८ बिच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>