चितवन विशेष
सौराहामा मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरु
चितवन, असोज ४-
नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ईकोकार्डियोग्राफी कन्फ्रेन्स (मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन) शुरु भएको छ । सौराहाको होटल सेभेनमा आजबाट शुरु भएको सम्मेलन भोलि शनिबार समापन हुनेछ ।
नेशनल हर्ट एण्ड लङ्गस् सोसाईटी नेपाल (राष्ट्रिय मुटु तथा फोक्सो समाज) ले ‘प्रथम ईकोकोन नेपाल’ कन्फ्रेन्स आयोजना गरेको हो । सोसाईटीका अध्यक्ष डा।शंकर लौडारीले नेपालमा नै पहिलो पटक यस्तो प्रकृतिको कन्फ्रेन्स आयोजना गरिएको बताउनुभयो । मुटुको भिडियो एक्सरेलाई नै फोकस गरेर पहिलो पटक आफूहरुले सम्मेलन आयोजना गरेको उहाँको भनाई छ ।
सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी हुनु भएको छ । पहिलो दिन दुई जना भारतीय विज्ञ सहित १२ जनाले मुटुको भिडियो एक्सरे सम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकास क्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । भोलि शनिबार दुई जना भारतीय र एक जना माल्दिप्सका विज्ञ चिकित्सक सहित २० जनाले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सोसाईटीका अध्यक्ष डा.लौडारी, पूर्व अध्यक्ष प्रा.डा.श्यामराज रेग्मी र प्रा।डा।मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घान गर्नुभएको थियो । सोही अवसरमा सोसाईटीले प्रकाशन गरेको चौथो जर्नल विमोचन गरिएको छ ।
मुटुको भिडियो एक्सरेबाट कस्ता कस्ता रोग पत्ता लाग्न सक्छन् रु मुटुको उपचारमा भिडियो एक्सरेको के कस्तो योगदान हुन्छ रु भन्ने बारेमा सम्मेलनमा छलफल भईरहेको छ । नेपालको चितवन सहित काठमाण्डौं, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, नेन्नाई, माल्दीप्सबाट समेत मुटुरोग विशेषज्ञको सहभागिता हुनु भएको छ ।
सम्मेलनले मुटु रोग उपचारको गुणस्तरमा थप बृद्धि गर्ने उहाँको भनाई छ । मुटुको भिडियो एक्सरे सम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ । मुटु रोगको उपचारमा भिडियो एक्सरेको उपयोगिताबारे सहभागीलाई थप ज्ञान प्राप्त हुने डा.लौडारीले बताउनुभयो ।
मुटुको भिडियो एक्सरेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिन सक्ने क्षमता, मुटुको भल्भ सम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनिहरु सम्बन्धी रोग पहिचान गर्न सहज हुने उहाँको भनाई छ ।
सम्मेलनले मुटु रोगको पहिचान र उपचारमा थप गुणस्तरीयता ल्याउने बताउँदै डा। लौडारीले भन्नुभयो “मुटुको रोगको उपचारमा मुटुको भिडियो एक्सरे आधारभूत आवश्यकता हो ।” विश्वमा मृत्युको पहिलो कारण मुटु रोगलाई मान्ने गरिन्छ ।