चितवन विशेष

भरतपुर ४ मा नेकपा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Banner

चितवन, असोज ३ –
नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नम्बर ४ कमिटीले २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

असोज २ र ३ गते प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा ६७ जनालाई प्रशिक्षण गराइएको छ ।
पहिलो दिनको प्रशिक्षणमा नेकपा एमाले केन्द्रीय सल्लाहाकार सदस्य सूर्य शर्मा लामिछानेले जवजको बारेमा प्रशिक्षण दिएका थिए भने निवर्तमान जिल्ला अध्यक्ष एवम् महानगर इन्चार्ज रामप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

आज असोज ३ गतेको प्रशिक्षणमा नेकपा एमाले स्कूल विभाग सदस्य एवम् प्रशिक्षक गोपी नेपालले पार्टी संगठनका बारेमा प्रशिक्षण गरेका थिए भने जिल्ला अध्यक्ष कमलराज पाठकले केपी ओली सरकारले ३ वर्षको अवधिमा गरेका काम, निर्वाचनको बेलामा पार्टीले गरेका प्रतिवद्धता र जिल्लाले तयार पारेको वार्षिक कार्य योजनाका बारेमा प्रशिक्षण गरेका थिए । पार्टी पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले वर्तमान राजनैतिक परिवेश, मिसन ८४ र पार्टी वडा कमिटी ४ ले खेल्नुपर्ने भूमिकाको बारेमा धारण राखेका थिए भने केन्द्रीय सदस्य कृष्णभक्त पोखेलले शुभकामना मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको दुई दिने प्रशिक्षण कार्यक्रमलाई जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज प्रकाश आचार्यले सहजिकरण गरेका थिए ।

प्रशिक्षणमा युएसआइडीको वातावरण र सामाजिक सुरक्षण सम्बन्धि तालिम समेत उपलब्ध गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>