राजनीति

पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

Banner

काठमाडौँ, असोज ३-
खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका(१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उहाँले उक्त आग्रह गर्नुभएको हो । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो ।

निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।”

मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिनुभयो ।

उहाँले आजै गोदावरी नगरपालिका-१४ मा रहेको नसारहित समाज नेपाल ९सुधार केन्द्र०को इनार, गोदावरी खोलाको पानी र त्यहाँको सतह स्रोतको पानीको समेत निरीक्षण गर्नुभयो ।

खानेपानी विभागअन्तर्गतको गुणस्तर सुधार तथा सेवा नियमन शाखाले मोबाइल परीक्षण भ्यान प्रयोग गरी स्थानीय स्तरमा पानीको गुणस्तर मापन गरेको थियो । पानी परीक्षणको नतिजा २४ घण्टाभित्र आउने जानकारी शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले दिनुभयो ।

निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक पौडेल, ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवबिक्रम राणालगायतको सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>