राजनीति
कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा
०

काठमाडौं, असोज २-
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यक्रमको मस्यौदा बुझाएको छ ।
बुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको हो । कार्यदलका सदस्य प्रकाशशरण महतका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन र अर्थव्यवस्था लगायतका विषय समावेश गरिएको छ ।
कार्यदलमा कांग्रेसबाट महतसहित महामन्त्री गगन थापा थिए । यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























