राजनीति

शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, असोज २-

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शिक्षा दिवस २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै उनले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्न आफू नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले शिक्षाको बजेट वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेकोमा ओलीले जोड दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>