चितवन विशेष

आदिकवि भानु माविका विद्यार्थीले मनाए विज्ञान दिवस

Banner

चितवन, असोज १-

भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित पोखराबसपार्कमा रहेको आदिकवि भानु माविका विद्यार्थीले विज्ञानमा आधारित आफ्नो कला प्रस्तुत गरेका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज बुधवार राखिएको प्रदर्शनीमा विद्यार्थीले विज्ञानसंग सम्बन्धित वस्तु बनाएर प्रर्दशनमा राखेका थिए ।

उनीहरुले डोजर, हावाको चापबाट चल्ने पानीको शुुद्धिकरण विधि , ज्वालामुखदी विस्फोटन, हाइड्रोलिक पुल, ढोका बनाएर प्रर्दशनीमा राखेको विद्यालयले जानकारी दिएको छ । प्रदर्शनीमा कक्षा सातदेखी दशसम्मका विद्यार्थीले आफ्नो क्षमता प्र्रस्तुत गरेका थिए । ३२ वटा स्टल रहेको थियो ।
कक्षा आठका विद्यार्थीले शहरी विकासको अवधारणा सहितको नमूना तयार गरे । शहरी विकासको नमूना बनाउदै फोहोर ब्यवस्थापन, वातावरण संरक्षण सहितको शहरी विकासको योजना सहितको स्मार्ट सिटिको नमुना देखाएका थिए ।

न्युटन्स ब्रेकर बनाउने कक्षा ९ का निशान्तराज पाण्डेको टोली प्रथम भएका थिए । हाइड्रोलिक क्रेन बनाउने कक्षा दशका संगम अधिकारीको टोली दोस्रो भएका थिए । त्यस्तै हाइड्रोलिक ब्रिज बनाउने कक्षा दशका रिसब पाण्डेको टोली तेस्रो भएको छ । किताबमा पढेको विषयलाई व्यवहारमा उतारेर आफ्नो क्षमता देखाएको दिपेश रायले् बताए ।
यस प्रर्दशनीबाट सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थी पनि अब्बल र क्षमतावान छन् भन्ने देखाएको विद्यालयले बताएको छ । उनीहरुले वैज्ञानिक सिद्धान्तमा आधारित आविष्कारलाई कलाबाट प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>