राजनीति

मेयर साहले १ करोड ३० लाख घोटाला गरेको विद्यार्थी नेता बडालको आरोप

Banner

काठमाण्डौँ, असोज १-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन्। उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘नगर सभाले स्वीकृत नगरीकन तपाईँले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो। यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा छैन। कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ’– सार्वजनिक खरिद ऐन छल्न तपाईँले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो।’

उनले महानगरले आयोजना गरेको सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय गरे भनेर पनि प्रश्न गरेका छन्। बडालले त्यसरी व्यवसाय गर्नेहरूको नाम फेसबुकमा लेख्न पनि चुनौती दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>