राजनीति

उपप्रधानमन्त्री सिंहको दाबीः विगतका सरकारले भन्दा राम्रो काम अहिलेको सरकारले गरिरहेको छ

Banner

काठमाडौं, भदौ १-

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ ।

उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए ।

‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>