राजनीति

कांग्रेस बैठक बिना निष्कर्ष टुंगियो, महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक

Banner

काठमाडौं, भदौ १५-

नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।

शनिवार बसेको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टुंगो लगाउने कांग्रेसको तयारी छ ।

महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उल्लेख छ । ‘अब भोलि १ बजे बैठक बसेर टुंग्याउने भन्ने कुरा भयो । विवाद भनेको महाधिवेशन तालिका र गठबन्धनको विषय हो । त्यसमा पनि माओवादीसँगको गठबन्धन टुटिसकेपछि धेरै ठूलो समस्या रहेन’, ती नेताले भने ।

गठबन्धन टुटिसकेकाले अबको चुनावमा एक्लै बहुमत ल्याउने गरी संगठन निर्माण गर्ने गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी ती नेताले जानकारी दिए ।

उनका अनुुसार १५औं महाधिवेशन कार्यतालिका केन्द्रीय समितिको अर्को बैठकले निर्णय गर्ने गरी छलफल भइरहेको छ । तर, उक्त विषयमा पनि सहमति जुट्न सकेको छैन । महाधिवेशन कार्यतालिकाबारे महामन्त्री गगन थापाले प्रस्ताव गरेका थिए ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री विश्व प्रकाश शर्माको प्रतिवेदनको उल्लेखित ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको बेला यो एजेण्डालाई छलफलमा ल्याउने गरी छलफल भएको ती नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>