राजनीति

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जुटाउने प्रयास

Banner

काठमाडौं, भदौ १५-

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ। केहीबेरमा सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरी सहमति जुटाउने प्रयास हुनेछ। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेश भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने तयारी गरेकाले आज प्रतिवेदनमाथि सहमति जुटाउन लागिएको हो ।

सभापति देउवाले प्रतिवेदनमा सहमति जुटाउन निरन्तरजसो छलफल गरिरहे पनि सफल हुन सकेको छैन। यसअघि महामन्त्रीद्वयको प्रतिवेदनमा चर्को विवाद भएपछि केन्द्रीय समितिको बैठक आइतबारसम्मका लागि सारिएको थियो ।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने, पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने विषय प्रतिवेदनमा राखेका छन्। अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चारपटक मात्र हुन पाउनेगरी राखेको ‘एक्जिट पोलिसी’ मा पनि कुरा मिल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>