राजनीति
सभापति देउवाद्धारा काँग्रेस कानुन विभागमा १० सदस्य मनोनित
०

काठमाडौँ, भदौ १४-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहनुभएको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गर्नुभएको छ ।
उहाँले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गर्नुभएको हो ।
विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत हुनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























