राजनीति

एकीकृत समाजवादी बागलुङका अध्यक्षसहित सबै पदाधिकारी एमालेमा समाहित

Banner

बागलुङ,भदौ १३-

नेकपा एकीकृत समाजवादी बागलुङको नेतृत्व सहितका पदाधिकारीहरु एमालेमा समाहित भएका छन् । महाधिवेशन सकिएपछि निष्क्रियजस्तै बसेको जिल्ला नेतृत्व बिहीबार एमालेमा प्रवेश गरेको हो । बुधबार घोषणा भएको एकीकृत समाजवादीको पोलिटब्युरो र अन्य पद तथा सदस्यमा पनि जिल्लाको कोही पनि समावेश छैनन् । जिल्ला अध्यक्ष लालबहादुर थापासहित केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला सचिव भरत पुरीसमेत एमालेमा प्रवेश गरेका हुन् । एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले ती नेताहरुलाई पार्टीमा स्वागत गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>