राजनीति
नेकपा एसले तीन जनालाई बनायो वरिष्ठ नेता
०

काठमाण्डौँ, भदौ १३-
नेकपा (एकीकृत समाजवादींं) ले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको छ। पार्टीले बिहीबार बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।
यीमध्ये बस्नेत राजेन्द्र पाण्डेसँग वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा थिए। उनलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। त्यसपछि पाण्डे निर्विरोध वरिष्ठ नेता बनेका थिए। तीनै जना वरिष्ठ नेतालाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो। पार्टीमा सिनियर नेता भएकाले वरिष्ठ नेतामा चयन गरेको नेकपा एसले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























