राजनीति
पदाधिकारीमा हारेकी झाँक्री पोलिटब्युरो सदस्यमा विजयी
०

काठमाडौं, भदौ १३-
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् । सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात् भएको पदाधिकारी चयनमा पराजित भए पनि पोलिटब्युरोमा भने उनी विजयी भएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























