राजनीति

योगेशले ‘माओवादी हिंसा’ भनेपछि संसदमा हंगामा

Banner

काठमाडौं,भदौ १२-

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। भट्टराईले बोल्दै गर्दा नेकपा माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति गरे। उनीहरुले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरे।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधान र नियमावली विपरीत हिंसा शब्द प्रयोग गरिएको भन्दै रेकर्डबाट हटाउन जोड दिए। तर भट्टराईले आफूलाई बोल्न रोक लगाउनु पनि हिंसा नै हो भने। त्यसपछि माओवादी सांसदहरुले विरोध जनाउँदा एमाले सांसद भट्टराईले कसैको धम्कीले नडराउने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>