राजनीति

कांग्रेस एमालेबीच भागबन्डा नमिलेकै कारण राजदूत नियुक्तिमा ढिलाइ भयोः सांसद श्रेष्ठ

Banner

काठमाडौं, भदौ १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कांग्रेस एमालेबीच भागबन्डा नमिलेकै कारणले राजदूत नियुक्तिमा ढिलाइ भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजदूत देशको प्रतिनिधि हुन्छ कि दलको ? भन्दै प्रश्न गरे।

उनले भने, ‘राजदूत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ, र नेपालीहरूलाई समस्या परेको छ, सरकारको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को पालना भएको छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ।’

देशको प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा पदीय मर्यादा नै धान्न सक्ने क्षमता नभएको व्यक्तिलाई नपठाउन आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>