विचित्र संसार

आइफोन माग्दै किशोर भोक हडतालमा बसेपछि…

Banner

नयाँ दिल्ली, भदौ ११-

आइफोन प्रति मान्छेको क्रेज पत्याउनै नसक्ने खालको छ । आइफोन किन्न आफ्नो किड्नी बेचेको खबरहरू पनि हामीले सुनेका छौं । भारतमा एक जना किशोरले आइफोनका लागि भोक हडताल गरेका छन् ।

आमालाई आइफोन किन्न दबाब दिनका लागि किशोर तीन दिन भोक हडतालमा बसेका हुन् । स्मार्टफोन किन्न गएको पसलका मालिकले एउटा छोटो भिडियो खिचेपछि गएको हप्ता ती किशोर भाइरल भएका थिए ।

भिडियोमा किशोरले आइफोन किनाउन आमालाई दबाब दिन आफूले तीन दिनसम्म भोक हडतालमा बसेको स्वीकार गरेका थिए । किशोरका आमाले जीवन गुजाराका लागि मन्दिर बाहिर फुल बेच्ने काम गर्थिन् ।

भिडियोमा किशोरको आमालाई पनि देखाइएको छ । यो भिडियोलाई लाखौं पटक हेरिएको छ । तीन दिनसम्म छोराले केही नखाएपछि माया लागेर फोन किन्न पैसा दिएको ती महिलाले भिडियोमा भनेकी छिन् । आइफोन पाएपछि छोराले खान थाल्नेछ भन्ने खुसी भएपनि उसले कमाएर पैसा तिरोस् भन्ने आमाको चाहाना थियो ।

किशोरले आमाप्रति देखाएको रवैया हेरेर सामाजिक सञ्जालमा धेरैले उनको आलोचना गरेका छन् । आमालाई वित्तीय र भावनात्मक रूपमा लुटेको आरोप धेरैको छ । बाँच्नको लागि फूल बेच्छिन् र सक्दिनन् भन्ने थाहा पाउँदा पाउँदै पनि आइफोन किन्न दबाब दिएको देखेर धेरैले किशोरको संवेदनहीनताप्रति प्रश्न उठाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>