राजनीति

एकीकृत समाजवादीमा पदाधिकारीका लागि निर्वाचन हुने

Banner

काठमाडौँ, भदौ १०-

नेकपा (एकीकृत समाजवादीं)का १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ । मंगलबारनै मतगणना थालिने जनाइएको छ ।

यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।

मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>