राजनीति

उखु किसानले दसैँसम्म बक्यौता रकम पाउँछन्ः कृषिमन्त्री

Banner

काठमाडौँ, भदौ ९-

कृषिमन्त्री रामनाथ अधिकारीले भदौ ८ गतेसम्म दुग्ध किसानले ३३ करोड ५७ लाख बक्यौता रकम भुक्तानी पाएको दाबी गरेका छन्। आइतबार पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले दुग्ध किसानले बक्यौता दिन थालेको बताउँदै उखु किसानको बक्यौता समेत दसैँसम्म उपलब्ध गराउने गृहकार्य भइरहेको बताए।

‘दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु भएको छ,’ कृषिमन्त्री अधिकारीले भने,‘भदौ ८ सम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको छ।’

बाँकी एक अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हातमा पुग्ने मन्त्री अधिकारीले दाबी गरे। यो समस्याका दीर्घकालीन समाधान गर्न आफू लागिपरेको पनि उनले बताए।

यस्तै, उखु किसानका समस्याबारे पनि मन्त्रालय जानकार रहेको मन्त्री अधिकारीले बताए। उनले भने, ‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ। दसैँअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ। एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ।’

यस्तै, स्थानीय उत्पादन नलिने तर बाहिरबाट उखु र उखुजन्य कुरा खरिद गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने मन्त्रालयको योजना रहेको मन्त्री अधिकारीले सुनाए।

यस्तै, दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी, कपास विकास समिति, कृषि अनुसन्धान परिषद्का साथै मन्त्रालयको साङ्गठनिक संरचनाका लागि पनि आवश्यक काम भइरहेको मन्त्री अधिकारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>