राजनीति

जहाँ नदीहरू सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ: मन्त्री सिंह

Banner

काठमाडौँ, भदौ ८-

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरूलाई जोगाएर राख्नुपर्ने बताएका छन् ।

शनिबार बागमती रिभर फेस्टिभल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् । उनले भने, ‘खास गरेर नेपालका नदीहरूलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरू सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ, यसमा सबै मिलेर काम गर्नुपर्छ ।’

साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गरे । उनले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीव्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>