राजनीति

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ आजदेखि

Banner

काठमाडौं, भदौ ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ ।

पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवर्द्दन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको हो ।

यो अभियानका क्रममा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ ।

अभियानका क्रममा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पादन देखि नेपालमा बनेका सामाग्री, जुत्ता, कपडा, हस्तकलाका उत्पादनसम्म प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनमा ३० थरी उत्पादन राखेनेछ ।

पार्टीले प्रदेश तहमा समेत ‘आत्मनिर्भर नेपाल अभियान’ संचालन गर्ने कार्यतालिका बनाएको छ । नेपाली उत्पादनहरुले बजार नपाएको गुनासोलाई यसले प्रत्यक्ष सम्बोधन गर्ने रास्वपाको विश्वास छ ।

यो अभियानको संयोजन केन्द्रीय सदस्य डा प्रभात अधिकारी, सांसद गणेश पराजुली, सांसद मनिष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र सांसद अशोक कुमार चौधरीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>