Breaking News
आँबुखैरेनी बस दुर्घटना अपडेटः १४ जनाको शव निकालियो, १६ घाइते
०

तनहुँ,भदौ ७-
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। अहिले उद्धार कार्य जारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























