राजनीति
त्रिभुवन विश्व विद्यालयलाई एमाले-कांग्रेसको पार्टी कार्यालय बनाउनुस्ः सांसद सिंह
०

काठमाडौं,भदौ ६-
स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले त्रिभुवन विश्व विद्यालयलाई एमाले कांग्रेसको पार्टी कार्यालय बनाउन भनेको छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले त्रिभुवन विश्व विद्यालयलाई एमाले कांग्रेसको पार्टी कार्यालय बनाउन भनेका हुन्।
उनले भने, त्रिभुवन विश्व विद्यालयको सम्पत्ति दुई दलले आधा आधा बाँड्नुस्। पार्टी कार्यालय बनाउनुस्। एमाले कांग्रेसले आधा आधा बाड्नुस किनकि विद्यार्थीलाई त विदेश लखेटिहाल्नु भयो। दुई दलको अहिले सरकार छ। यही मौका हो। त्रिभुवन विश्व विद्यालयको ३३ सय रोपनी जग्गा छ। आधा बाँड्नुस् र पार्टीको नाममा दर्ता गर्नुस्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























