राजनीति

मन्त्रालयले तीन मन्त्री र डीजी फटायो, चार किलोमिटर बाटो बनेनः गोकुल बास्कोटा

Banner

काठमाडौं, भदौ ६-

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले धुलिखेलको चार किलोमिटर बाटो बन्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । तीनजना मन्त्री र डीजी फेरिए पनि चार किलोमिटर बाटो बन्न नसकेको भन्दै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले आक्रोश व्यक्त गरेका हुन् ।

भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कथासँग तुलना गर्दै उनले गत साता मात्रै मन्त्रीलगायत अन्य पदाधिकारीलाई भेटे पनि एकले अर्कालाई देखाएर पन्छिने काम मात्रै गरेको आरोप लगाएका छन् । ‘जनता सोधिरहे, धुलिखेल खावा बाटो कहिले बन्छ ? मैले भनिरहे यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, गत साता मन्त्री भेटे सचिव देखाए, सचिव भेटे डीजी देखाए । हिजो डीजीलाई सोधे ठेकदारलाई थाहा होला भने । यो देश बन्छ । जसरी भूपीले लेखेथेः घुम्ने मेचमाथि अन्धो मान्छे ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>