राजनीति

सरकारी कार्यालयमा सुशासनका लागि कांग्रेसले प्रतिनिधि खटाउने

Banner

पोखरा, भदौ ५-

नेपाली कांग्रेस कास्कीले जिल्लाका ७२ वटै वडा र विभिन्न सरकारी कार्यालयहरूमा आफ्ना प्रतिनिधि खटाउने भएको छ ।

महानगरपालिका, गाउँपालिकाका प्रत्येक वडा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई लगायत सरकारी कार्यालयमा प्रतिनिधि खटाउने निर्णय गरेको सभापति किशोरदत्त बरालले जानकारी दिए । बुधबार बसेको बैठकले पार्टीलाई समसामयिक विषयमा राय, सल्लाह र सुझाव दिन विशेषज्ञ वृत्त (एक्सपर्ट सर्कल) निर्माण गर्ने निर्णय गरिएको उनको भनाई छ ।

यस्तै, सामाजिक उद्यमशीलता विकास कार्यक्रममा संलग्न हुन सामाजिक उत्प्रेरकको रूपमा पार्टीका विभिन्न तह र नागरिकसँग आह्वान गरेको छ । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि कांग्रेसका प्रत्येक सदस्यहरूलाई उद्यमशीलतासँग जोड्ने निर्णय भएको बरालले जानकारी दिए ।

बैठकले नयाँ कार्यालय भवन बनाउने निर्णय पनि गरेको छ । अहिले भइरहेको कार्यालयको प्रांगणमा नयाँ भवन बनाउन पार्टीका विभिन्न तह र शुभचिन्तकसँग छलफल र परामर्श थाल्ने सचिव भानु ढकालले बताए । उनका अनुसार बिपी जयन्तीको अवसरमा भदौ २४ गते जिल्लाका ७२ वटै वडामा एकसाथ क्रियाशील सदस्यताको प्रमाणपत्रहरू वितरण गर्ने निर्णय पनि बैठकमा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>