राजनीति

कुन फाइल कहाँ अड्किएको छ २४ घण्टाभित्र छिनोफानो गर्नूः मन्त्री पाण्डे

Banner

काठमाडौ,भदौ ५-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। बुधबार संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग छलफल गर्दै उनले भने, ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला।’

असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेस गर्न कर्मचारीलाई मन्त्री पाण्डेको निर्देशन छ। ‘त्रैमासिक समीक्षा गर्ने वेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के-के गर्छौँरु गर्न सक्ने कार्यक्रमहरू के-के हुन् ? गर्न नसक्ने काम के-के हुन् ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नू।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत निर्देशन दिएका छन्। नीतिगत सुधारका लागिसमेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो। कर्मचारीले इमान्दारीपूर्वक व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री पाण्डेले नुनको सोझो गर्दै अनिवार्य रूपमा नतिजा दिने गरी काम गर्न आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>