राजनीति

कांग्रेस र एमाले कमजोर भयो भने डेमोक्रेसी कमजोर हुन्छः महासचिव झा

Banner

काठमाडौँ, भदौ ४-

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व। नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध गरे ।

‘तपाई मेरो अभिभावक पनि हो । शेरबहादुर देउवालाई अनुरोध छ, अब तपाई छैटौँ पटक प्रधानमन्त्री होइन इतिहास निर्माण गर्नुहोस् कुनै चिजको आशक्ति राखेर यो गठबन्धन असफल नबनाउनोस् ‚’ उनले भने ।

महासचिव झाले नेपालका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्रनै कमजोर हुने बताए ।

‘नेपाली कांग्रेस र एमाले कमजोर भयो भने डेमोक्रेसी कमजोर हुन्छ । अनि हामी जस्ता विभेदमा पारिएका मान्छे झन् कमजोर हुन्छ‚’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>