राजनीति
झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा प्रवेश
०

झापा, साउन ४-
झापामा नेकपा एकीकृत समाजवादीका ७० जना नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता-कार्यकर्ता मूलघर फर्किएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरे ।
अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























