राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने

Banner

काठमाडौं, भदौ ४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।

सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ८ बजे बैठक बोलाएका हुन्।

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ।

साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिलगायत विषयमा पनि छलफल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>