राजनीति
मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता
०

काठमाडौँ, साउन ३२-
मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मधेसका मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
पछिल्लो समय मधेसका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
मन्त्रालयहरुको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरुसँग सम्झौता गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनु भयो । मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भइरहेको छ ? भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























