अपराध

दुई जना किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

Banner

काठमाडौँ, साउन ३२-

मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभियोगमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् ।

राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

राईले ती किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>